राष्ट्रिय महिला लिग फुटबलको उपाधिको लागि एपिएफ र नेपाल पुलिस भिड्ने

ए वान डेस्क
१६ माघ २०८१, बुधबार १३:२३

एन्फा राष्ट्रिय महिला लिग फुटबलको फाइनल खेलमा आज एपिएफ क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् ।
दुई विभागीय टोलीबिचको उपाधि भिडन्त आज दिउँसो दुई बजे दशरथ रंगशालामा हुनेछ ।
पहिलो क्वालिफायरमा त्रिभुवन आर्मी क्लवलाई हराउँदै सशस्त्र प्रहरीको एपिएफ क्लब फाइनलमा पुगेको थियो । पुलिस क्लबले पनि दोस्रो क्वालिफायरमा आर्मी क्लवलाई नैं पाखा लगाएको थियो ।

जारी लिगमा एपिएफ क्लब अपराजित रहेको छ ।
दोस्रो चरणको लिग र क्वालिफायरमा लगातार ९ खेल जितेको एपिएफ आजको खेल जित्दै उपाधि हत्याउन चाहन्छ ।
पुलिस क्लब पनि आज एपिएफलाई रोक्दै उपाधि जित्ने लक्ष्यमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*