५औ डुमरवाना क्रिकेट च्याम्पियसिप आजदेखि शुरु, उद्घाटन खेलमा मकवानपुर विजयी
अमन श्रेष्ठ /
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ मा आजदेखि ५औ डुमरवाना क्रिकेट च्याम्पियनसिप आजदेखि शुरु भएको छ । प्रगतिशिल युवा क्लबको आयोजनामा प्रगतिशिल खेल मैदानमा प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको एक कार्यक्रमकाबिच जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख पौडेलले खेल क्षेत्रको विकास गर्न नगर प्रतिवद्ध रहेको बताउनुभयो । बिद्यालय स्तरमा खेलकुदका गतिविधि तिब्रताका साथ अघि बढाउनुपर्ने भन्दै पौडेलले खेल क्षेत्रमार्फत समाज रुपान्तरण गर्न सकिने बताउनुभयो । उपहानगरपालिकाले क्रिकेट क्षेत्रमा पनि लगानी गरेको भन्दै उहाले सबैको सहकार्यले खेलकुदका गतिविधिलाई अघि बढाउनुपर्ने बताउनुभयो । कार्यक्रममा वडा नम्बर १५ का वडा अध्यक्ष रामप्रसाद लामिछाने, वडा नम्बर १४ का वडा अध्यक्ष चयन गुरुङ, साकुरा कोरियन भाषा केन्द्र सिमराका सञ्चालक टिका जंग थापा, समाजसेवी बाबु पाण्डे, क्लबका पुर्व अध्यक्ष कृष्ण नेपाल लगायत बिभिन्न राजनितिक दलका नेता, संघ संस्थाका प्रतिचनिधि, बुद्धिजिवि, समाजसेवी, खेलप्रेमी लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगिताको नगर प्रमुख पौडेलले ब्याटिङ र वडा नम्बर १५ का वडा अध्यक्ष लामछानेले बलिङ गरेर उद्घाटन गरेका थिए । क्लबका अध्यक्ष प्रदिप पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव बासु नेपालले गर्नुभएको थियो । फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेता टिमले नगद १ लाख र उप बिजेताले नगद ५० हजार रुपैया प्राप्त गर्नेछन् । प्रतियोगिताको प्रायोजकमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ को कार्यालय र जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालय रहेको छ ।
प्रतियोगिताको सहयोगी संस्थामा मधेश प्रदेश क्रिकेट संघ, बारा जिल्ला क्रिकेट संघ र ब्रोडकाष्टिङ पार्टनरमा मधेश स्पोट्स रहेको छ
उद्घाटन खेलमा मकवानपुर विजयी
प्रतियोगिता अन्र्तगत आज भएको उद्घाटन खेलमा मकवानपुर क्रिकेट संघ विजयी भएको छ । आयोजक प्रगतिशिल युवा क्लबलाई १०५ रनले पराजित गर्दै मकवानपुरले विजयी शुरुवात गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको मकवानपुरले ५ विकेटको क्षतीमा आयोजकलाई १७० रनको लक्ष्य प्रदान गरेको थियो ।
मकवानपुरको जितमा राम नरेशले ६२, बिशाल फुयालले ४६, गौरव खड्काले ४२ रन बनाएका थिए । बलिङतर्फ पियुश शर्माले ६, बिशाल फुयालले २ र समिर चौलागाईले २ विकेट लिएका थिए ।
यता, १७० रनको बिशाल लक्ष्य पाएको आयोजकले १० विकेटको क्षतीमा मात्र ६५ रन बनाएको थियो । आयोजकलाई लागी दिपेश रेले २०, रोशन पोखरेलले १० रन बनाएका थिए । बलिङतर्फ भने आयोजकलाई योगराज शर्माले २ र बिशाल चौलागाईले २ विकेट लिएका थिए ।
प्रतियोगिता अन्र्तगत मकवानपुरका पियुश शर्मा म्यान अफ द म्याच घोषित भए । उनले उद्घाटन खेलमा आयोजकबिरुद्ध ६ विकेट लिएका थिए ।
प्रतियोगिता अन्र्तगत भोलि ईस्टन क्रिकेट संघ चितवन र मकवानपुर क्रिकेट संघबिच खेल हुनेछ । दुई टिमबिचको खेल बिहान ११ बजेदेखि शुरु हुनेछ ।

























