जीतपुरमा ५१ कुण्डीय गायत्री महायज्ञ हुने, कुशवाहाको अध्यक्षतामा समिति गठन

अमन श्रेष्ठ /
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा ५१ कुण्डीय वेदमाता गायत्री महायज्ञ हुने भएको छ । गायत्री तिर्थ शान्तिकुंज हरिद्धारको मार्गदर्शन र जीतपुरसिमरा हिन्दु समाजको आयोजनामा फाल्गुन १५ गते देखी १८ गतेसम्म महायज्ञ हुने भएको हो ।
महायज्ञलाई सफल बनाउन युवा व्यवसायी तथा समाजसेवी संतोष कुशवाहाको अध्यक्षतामा मुल समारोह समिति गठन गरिएको छ । गठित समितिले आफ्नो तयारी तिब्र रुपमा गरिरहेको अध्यक्ष कुशवाहाले जानकारी दिनुभयो । ‘५१ कुण्डीय गायत्री महायज्ञको तयारी रुपमा गरिरहेका छौ, सबै मिलेर महायज्ञ सफल बनाउने हाम्रो योजना छ’ अध्यक्ष कुशवाहाले भन्नुभयो ।
जीतपुरस्थित बंगालीबाबा युग धर्मआश्रम केराढोकामा महायज्ञ हुने अध्यक्ष कुशवाहाले जानकारी दिनुभयो ।