डुमरवाना क्रिकेट च्याम्पियनसिप : मकवानपुर फाईनलमा, चितवन १३ रनले पराजित
ए वान डेस्क /
ईस्टन क्रिकेट एकेडेमी चितवनलाई पराजित गर्दै मकवानपुर क्रिकेट संघ ५औ डुमरवाना क्रिकेट च्याम्पियनसिपको फाईनलमा प्रवेश गरेको हो । प्रतियोगिता अन्र्तगत आज भएको दोश्रो खेलमा पनि विजय हुदै मकवानपुर फाईनलमा प्रवेश गरेको हो ।
टस जितेर पहिले ब्याटिङ रोजेको मकवानपुरले चितवनलाई १५७ रनको लक्ष्य प्रदान गरेको थियो । मकवानपुरका लागी गोकुल अधिकारीले ५६ र सुमन सुनारले ४८ रन बनाएका थिए । बलिङतर्फ भने सुभ कंस्कारले ५ र समिर चौलागाईले २ विकेट लिएका थिए ।
यता चितवनका लागी भने कप्तान आकाश थापाले ८३ र सुमित महर्जनले २० रन बनाएका थिए । प्रतियोगिता अन्र्तगत मकवानपुरका गोकुल अधिकारी म्यानअ फ द म्याच घोषित भए । उनलाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष रामप्रसाद लामिछानेले म्यान अफ द म्याचको ट्रफि प्रदान गरेका थिए ।
समुह ए अन्र्तगतको खेलमा मकवानपुरले आयोजक र चितवनलाई पराजित गर्दै फाईनलको यात्रा सुरक्षित गरेको हो । समुह ए मा मकवानपुरसहित आयोजक प्रगतिशिल युवा क्लब र ईस्टन क्रिकेट एकेडेमी चितवन रहेको छ । समुह ए को अन्तिम खेल भोलि आयोजक प्रगतिशिल युवा क्लब र ईस्टन क्रिकेट एकेडेमी चिवतनबिच हुदैछ ।
अब मकवानपुरले समुहबिचको बिजेतासंग उपाधीका लागी फागुन ३ गते फाईनल भिडन्त गर्नेछ । समुह बि को खेल पर्सिबाट शुरु हुनेछ ।
























