डुमरवाना क्रिकेट च्याम्पियनसिप : तेस्रो खेलमा आयोजक विजयी, चितवन पराजित

ए वान डेस्क
२८ माघ २०८१, सोमबार १७:१९

ए वान डेस्क /

आयोजक प्रगतिशिल युवा क्लब ५औ डुमरवाना क्रिकेट च्याम्पियनसिपको तेश्रो खेलमा विजयी भएको हो । प्रगतिशिल खेल मैदानमा भएको तेश्रो खेलमा ईस्टन क्रिकेट एकेडेमी चितवनलाई पराजित गर्दै आयोजक विजयी भएको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको चितवनले आयोजकलाई १३९ रनको लक्ष्य दिएको थियो । चितवनका लागी अस्मित सुवेदीले ५६, सिरिस रखालले २२ र अभि यादवले २१ रन बनाएका थिए । बलिङतर्फ भने सौगात ढकालले ४ र संयोजन घिमिरेले २ विकेट लिएका थिए ।

यता जवाफी ब्याटिङ गरेको आयोजकले ८ विकेटको क्षतीमा लक्ष्य भेट्टाएको थियो । आयोजकलाई ईमरान शेखले ३०, बिशाल चौलागाईले २७ र अजय पटेलले २५ रन बनाएका थिए । बलिङतर्फ योगराज शर्माले २ र बिशाल चालागाईले १ विकेट लिएका थिए ।

प्रतियोगिता अन्र्तगत आयोजक क्लबका क्याप्टेन बिशाल चौलागाई म्यान अफ द म्याच घोषित भए । उनलाई जीतपुरसिमरा १४ का वडा अध्यक्ष चयन मगर, समाजसेवी राजकुमार अर्याल, साना किसान डुमरवानाका अध्यक्ष प्रदिप बराल लगायतले म्यान अफ द म्याचको पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगिता अन्र्तगत समुह ए चरणको खेल सम्पन्न भएको छ । समुह ए बाट यसअघि नै दुई खेल जित्नै मकवानपुर फाईनलमा प्रवेश गरिसकेको छ । भोलिबाट समुह बि चरणको खेल शुरु हुने आयोजकले जनाएको छ ।

भोलि कलैया क्रिकेट क्लब र गौर क्रिकेट क्लबबिच खेल हुने आयोजक क्लबका अध्यक्ष प्रदिप पोखरेलले जानकारी दिनुभयो । दुई टिमबिचको खेल बिहान ११ बजेदेखि शुरु हुनेछ ।

प्रगतिशिल युवा क्लबको आयोजनामा फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेता टिमले नगद १ लाख र उप बिजेताले नगद ५० हजार रुपैया प्राप्त गर्नेछन् । प्रतियोगिताको प्रायोजकमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ को कार्यालय र जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालय रहेको छ ।

प्रतियोगिताको सहयोगी संस्थामा मधेश प्रदेश क्रिकेट संघ, बारा जिल्ला क्रिकेट संघ र ब्रोडकाष्टिङ पार्टनरमा मधेश स्पोट्स रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*