नेपाल जेसीजको आयोजनामा सिमरामा ३ दिने तालिम हुने

ए वान डेस्क
६ फाल्गुन २०८१, मंगलवार १८:२४

बाराको सिमरामा नेपाल जेसिजले तीन दिने लोम तालिम आयोजना गर्ने भएको छ । सिमरा जेसिजको आतिथ्यता तथा नेपाल जेसिजको आयोजनामा ‘लोम लिडरसिप एकेडेमी २०२५’ हुन लागेको हो ।

कार्यक्रमका सहभागि हुन १८१ शाखाका प्रतिनिधि र केन्द्रिय पदाधिकारी सिमरा आउनेछन् । सिमरा जेसिजले आज सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमबारे जानकारी गराएको हो ।

पहिलो पटक सिमरा जेसिजले ठुलो कार्यक्रमको आयोजनामा सहकार्य गर्ने अवसर पाएको भन्दै सिमरा जेसिजका पुर्व अध्यक्ष शालिकराम अधिकारीले कार्यक्रम सफल पार्न सिमराबासी सबैको साथको जरुरी रहेको बताउनुभयो । ‘सिमराको पहिचान र यहाँको अर्थतन्त्रसंग जोडिएको जेसिजको राष्ट्रिय कार्यक्रमको अपनत्व ग्रहण गर्न म सम्पूर्ण सिमराबासीलाई आग्रह गर्छु’ अधिकारीले भन्नुभयो ।

फागुन ९ गतेबाट शुरु हुने कार्यक्रम फागुन ११ गतेसम्म चल्ने निवर्तमान अध्यक्ष लक्की रिमालले जानकारी दिनुभयो । सो अवसरमा निवर्तमान अध्यक्ष रिमालले कार्यक्रमको लागत र सहभागिताका बिषयमा आफ्नो भनाई राखेका थिए । कार्यक्रम सिमरा जेसिजका अध्यक्ष द्वारिका पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*