प्रजातन्त्र दिवस : जीतपुरसिमरामा राष्ट्रिय झण्डा फहराएर स्मरण, मेयरले गरे झण्डोत्तोलन

ए वान डेस्क
७ फाल्गुन २०८१, बुधबार १८:१७

७५औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा जीतपुरसिमरा उपमहानगरपालिकाले आज झडोत्तोलन गरेको छ । नगर प्रमुख राजन पौडेलले राष्ट्रिय झण्डा फहराएर दिवसको स्मरण गरेका छन् ।

सो अवसरमा वडा नम्बर १० का वडा अध्यक्ष संजय पटेल, उपमहानगरपालिकाका कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइदैछ ।

नेपाली जनता जहानियाँ राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना गरेको दिनको स्मरणमा देशभर विभिन्न कार्यक्रमगरी दिवस मनाउन लागिएको हो । नेपाली जनताको संघर्ष र बलिदानीबाट राणा शासनको अन्त्य भई प्रजातान्त्रिक नयाँ युग प्रारम्भ भएको दिन ७ फागुनलाई नेपाल र नेपाली जनताका निम्ति ऐतिहासिक महत्वको दिनको रूपमा लिइन्छ ।

जनक्रान्तिका माध्यमबाट निरंकुश राणाशासनको अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको गौरवपूर्ण दिनको सम्मान गर्दै प्रत्येक वर्ष ७ फागुनमा यो दिवस मनाइदै आएको हो । जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्यगरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउदै आएको छ ।

आज सरकारले प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा पनि दिएको छ । प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षकै क्रममा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा जीवनको आहुति दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*