ब्राइटर एकेडेमी सिमराको २४औं बार्षिकोत्सव समारोह सम्पन्न

ए वान डेस्क
८ फाल्गुन २०८१, बिहीबार १४:२२

सिमराको ब्राइटर एकेडेमीले आफ्नो २४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । बुधबार विद्यालय एक समारोहकाविच सिमराकै पुरानो शैक्षिक संस्थाका रुपमा रहेको ब्राइटर एकेडेमीले आफ्ना २४ औं स्थापना दिवस मनाएको हो ।

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले बाषिकोत्सवको उद्घाटन गर्दै ब्राइटर एकेडेमीले जीतपुरसिमराकै उत्कृष्ट विद्यालयका रुपमा कार्य गरिरहेको चर्चा गनुभयो । २०८० सालको कक्षा ८ र एसइइमा उत्कृष्ट नतिजा ल्याएको विद्यालयले आगामी दिनमा पनि आफुलाई अब्बल विद्यालयका रुपमा सावित गर्नुपर्नेमा नगरप्रमुखको जोड थियो । जीतपुरसिमराको शैक्षिक सुधारमा नीजि क्षेत्रका विद्यालयसंग सबै किसमका सहकार्य गर्न उपमहानगर तयार रहेको नगर प्रमुख पौडेलको भनाइ थियो ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठले गत बर्ष सम्पन्न एसइइमा जीतपुरसिमरामा ४ जीपीए ल्याउने एकमात्र विद्यार्थी राहुल यादवको एकबर्षको शैक्षिक शुल्क वडा कार्यालयका तर्फबाट छात्रबृति प्रदान गर्ने घोषणा गर्नुभयो । उत्कृष्ट नतिजा ल्याउन सफल यादवलाई वडाध्यक्ष श्रेष्ठले ब्यक्तिगत रुपमा तीनहजार पाँचसय रुपैयाँ प्रोत्साहन रकम प्रदान गर्नुभएको थियो ।

जीतपुरसिमरा १६ का वडाध्यक्ष हरिदेव खरेलले जिल्लाको मात्र नभई प्रदेशकै उत्कृष्ट विद्यालयका रुपमा गतिविधी गरिरहेको भन्दै व्राईटर एकेडेमीका सम्पूर्ण टिमलाई शुभकामना दिनुभयो । कार्यक्रममा सिमराका विीभन्न विद्यालय तथा संघसंस्थाका प्रतिनिधीको सहभागिता रहेको थियो ।

विद्यालयका एकेडेमिक डाइरेक्टर चन्द्रदास चौहानको सभाध्यक्षतामा सम्पन्न वार्षिकोत्सव कार्यक्रमको उद्घाटन कार्यक्रम विद्यालयका प्रिन्सिपल राजुकुमार कार्कीले सञ्चालन गर्नु भएको थियो भने सहायक प्रिन्सिपल चन्दनकुमार चौधरीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा विद्यालयका छात्रछात्राहरुले गीत, नृत्य, नाटकलगायतका विभिन्न प्रस्तुति प्रदर्शन गरेका थिए ।कार्यक्रममा विभिन्न विधाका व्यक्तित्वहरुलाई सम्मानसमेत गरिएको थियो । कार्यक्रममा ब्राइटर एकेडेमीका विद्यार्थीले आफ्नै हातले लेखेका पुस्तकहरुको नगर प्रमूख पौडेलले विमोचन गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*