सिमरा पब्लिक इंगलिस स्कुलको १७औ बार्षिक उत्सव सम्पन्न

ए वान डेस्क
८ फाल्गुन २०८१, बिहीबार १४:३७

बाराको सिमरामा रहेको सिमरा पब्लिक इंगलिस स्कुलको १७औ बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । २ दिनसम्म आयोजना गरिएको कार्यक्रमको जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारीले बुधबार उद्घाटन गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीले जीतपुरसिमरा उपमहानगरपालिकाको शैक्षिक विकासमा नीजि विद्यालयका रुपमा सिमरा पब्लिकले गरेको योगदान प्रशंसनीय रहेको बताउनुभयो । बारा जिल्लाको शैक्षिक हबका रुपमा विकास हुँदै गएको जीतपुरसिमरा उपमहानगरको शैक्षिकस्तर उकास्न नीजि क्षेत्रको भुमिका अग्रभागमा रहेको अधिकारीको भनाई थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जीतपुरसिमरा उपमहानगरपालिका २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठले सिमरा पब्लिक स्कुल सिमराको पहिचानका रुपमा रहेको भन्दै सम्पूर्ण टिमलाई शुभकामना दिनुभयो । सिमरा पब्लिक इङलिस स्कुलबाट एसइइ र प्लस टु मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई वडाध्यक्ष श्रेष्ठले जनही दुइहजार पाँचसय रुपैयाँँ प्रोत्साहन रकम प्रदान गर्नुभएको थियो ।

विद्यालयका प्रिन्सीपल बसन्त ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा २०८० को एसइइ परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा विद्यालयका विभिन्न तहका विद्याथीले विविध संस्कृति झल्कने भेषभुषामा सजिएर नृत्य तथा सांगितिक प्रस्तुती देखाएका थिए ।

कार्यक्रममा सिमराका विभिन्न विद्यालय तथा संघसंस्थाका प्रतिनिधी सहभागि थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*