केटिएम कन्सल्टिंग ग्रुपको आठौ शाखा सिमरामा, उप–प्रमुखले गरे उद्घाटन

ए वान डेस्क
१० फाल्गुन २०८१, शनिबार १६:१८

ए वान डेस्क /

केटिएम कन्सल्टिंग ग्रुपले आफ्नो आठौ शाखा बाराको सिमरामा बिस्तार गरेको छ । शाखाको आज एक कार्यक्रमकाबिच जीतपुरसिमरा उपमहानगरपालिकाका उप प्रमुख भोला प्रसाद अधिकारीले उद्घाटन गर्नुभएको थियो ।

ग्रुपले अस्ट्रेलियालाई केन्द्रबिन्दु बनाएर बैदेशिक रोजगारीको क्षेत्रमा काम गर्दै आएको छ । कार्यक्रममा बोल्दै उप प्रमुख अधिकारीले बैदेशिक रोजगरीको क्षेत्रमा सकरात्मक सन्देश प्रवाह गर्ने गरी काम गर्न आग्रह गर्नुभयो । बरोजगारी समस्या समाधान गर्नु सरकारलाई चुनौतिको बिषय रहेको भन्दै उहाले व्यवस्थित ढंगले काम गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले बैदेशिक रोजगारीको नाममा पछिल्लो समय ठगिको धन्दा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको थियो । उहाले विश्वसनिय र पारदर्सि ढंगले काम गर्न समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा एन प्याबसनका केन्द्रिय सदस्य राम प्रसाद अधिकारी, प्याबसन बाराका अध्यक्ष राजु कार्की, एन प्याबसनका जीतपुरसिमरा अध्यक्ष अनिल तिवारी, खेलकुद पत्रकार मञ्च बाराका अध्यक्ष सुनिल गाउंले, रोज एकेडेमीका प्रिन्सिपल सोम लामा लगायतको उपस्थिति रहेको थियो । केटिएम कन्सल्टिंग ग्रुप सिमरा शाखा प्रमुख रितेश शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केटिएम कन्सल्टिंग ग्रुपका कृष्ण लामिछानेले स्वागत मन्तब्य राख्नुभएको थियो ।

सन् २०१४ मा स्थापित ग्रुपले अहिले काठमाडौंसहित हेटौंडा, चितवन, बुटवल, इटहरीलगायतका स्थानबाट सेवा प्रवाह गर्दै आएको छ । ग्रुपले अष्ट्रेलियामा मात्रै चार ठाँउमा कार्यालय राखेर सेवा प्रवाह गरिरहेको छ ।

अष्ट्रेलियाको सिडनी, मेलवर्न, क्यानवेरा र एडिलेडमा ग्रुपको कार्यालय छ । उक्त ठाँउबाट अष्ट्रेलियाका शैक्षिक संस्थामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि परामर्श दिने गरको छ । ग्रुपले अष्ट्रेलियाबाहेक भारत, बंगलादेश, फिलिपिन्स, श्रीलंका र भियतनामबाट पनि सेवा प्रवाह गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*