राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनको २३औं वार्षिक उत्सव सम्पन्न

ए वान डेस्क
१० फाल्गुन २०८१, शनिबार १७:१७

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन डुमरवानाको २३ औं वार्षिक उत्सव सम्पन्न भएको छ । कार्यक्रमको जीतपुरसिमरा उपमहानगरपालिकाकी प्रमूख प्रशासकीय अधिकृत उर्मिला काफ्लेले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा एन प्याब्सनका केन्द्रिय सदस्य रामप्रसाद अधिकारी, जनता माध्यमिक विद्यालय रजघट्टाका प्रधानाध्यापक राजुप्रसाद अधिकारी, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने, ईलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरिक्षक शुभद्रा लामा वाईवा, सिमरा पब्लिक ईङलिस स्कुल सिमराका प्रिन्सिपल बसन्त ढकाल लगायतको उपस्थिति रहेको थियो ।

राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनका अध्यक्ष विदुर खड्काको अध्यक्षता सम्पन्न कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रिन्सिपल किशोरबाबु श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका सञ्चालक श्याम प्रसाद भट्टराईले संस्थागत प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालयमा प्लसटु तर्फ अध्ययनरत विद्यार्थीहरुले फुड फेस्टिबलको आयोजना समेत गरेका थिए । विद्यार्थीहरुद्वारा विविध संस्कृति झल्कने गित तथा नृत्य प्रस्तुत गरिएको कार्यक्रममा अभिभावहरुको समेत उत्साहजनक सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*