वन डढेलोबाट हुने क्षतिका लागि सामूहिक दुर्घटना बीमाको व्यवस्था
सरकारले वन डढेलोबाट हुने क्षतिका लागि सामूहिक दुर्घटना बीमाको व्यवस्था गरेको छ।
वन डढेलो नियन्त्रण गर्न जाँदा सामान्य, गम्भीर घाइते वा मृत्यु समेत हुन सक्ने भएकाले सामूहिक दुर्घटना बीमा गरिएको वन तथा वातावरण मन्त्रालय, रेड कार्यान्वयन केन्द्रका प्रमुख सहसचिव नवराज पुडासैनीले बताए।
एक व्यक्तिका लागि पाँच लाख रुपैयाँसम्मको बीमा हुनेछ।
रेड कार्यान्वयन केन्द्रले सानिमा जिआइसी इन्सोरेन्स लिमिटेडसँग बिहीबार (फागुन १५) देखि लागू हुने गरी नाम उल्लेख नभएका ४९६ जनाको सामूहिक दुर्घटना बीमा गरिएको जनाएको छ।
उनका अनुसार ड
ढेलो नियन्त्रणमा खटिने डिभिजन वन कार्यालय वा मातहतका निकायमा कार्यरत सरकारी वन कर्मचारी, सशस्त्र वनरक्षक, नियुक्त गरिएका अग्नि नियन्त्रक एवं दस्ता, सामुदायिक, साझेदारी, कबुलियती वन समूहका पदाधिकारी तथा उपभोक्ता सदस्यहरूको बीमा गरिएको छ।
यसैगरी मध्यवर्ती सामुदायिक वनका उपभोक्ता सदस्यहरू, समूहले नियुक्त गरेका वन हेरालु तथा वन पालेहरूको सामूहिक बीमा गरिएको हो।
केन्द्रले त्यस्तो दुर्घटना भएमा आवश्यक कागजात सहित सम्बन्धित डिभिजन वन कार्यालयबाट सहजीकरण गर्ने व्यवस्था मिलाउन र बीमाको विषय सबै वन कर्मचारी उपभोक्तालाई जानकारी गराउन सबै (८४) डिभिजन वन कार्यालयहरूलाई अनुरोध समेत गरेको छ।
























