२५ करोड रुपैयाँसहित काठमाडौंबाट लामा पक्राउ
आज बिहान २५ करोड रुपैयाँसहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका ३९ वर्षीय कुसान लामा रहेको खुलेको छ ।
उनलाई आज बिहान प्रहरीले काठमाडौंको झोर क्षेत्रबाट पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार उनी यसअघि सुन तस्करी प्रकरणमा समेत समातिएका थिए ।
उनी ७ किलो सुन सहित कलंकीबाट समातिएर २०७८ मा छुटेका थिए ।
आज बिहान ट्रकमा फल्स बटम बनाएर रकम राखेर केरुङतर्फ जाने क्रममा प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि थप अनुसन्धान जारी छ । प्रहरीले अपरान्ह दुई बजे पत्रकार सम्मेलनगरी बरामद रकम र पक्राउ परेका व्यक्ति सार्वजनिक गर्ने तयारी गरेको अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले जानकारी दिए।
























