मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाईपलाईनको दोस्रो चरणको काम सम्पन्न

ए वान डेस्क
१० चैत्र २०८१, सोमबार १२:२५

मोतिहारी अमलेखगञ्ज पेट्रोलियम परियोजना अन्तगर्त दोस्रो चरणको काम सम्पन्न भएको छ । अमलेखगञ्ज तेल डिपो र भारतको मोतिहारी बिचको भारततर्फको ३३ किलोमिटर र नेपालतर्फको ३६.२ किलोमिटर गरि ६९.२ किलोमिटर पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको काम सम्पन्न भएको हो । परियोजनाको २०७६ भदौ २४ गते उद्धघाटन गरिएको थियो ।

दोस्रो चरणको काम सम्पन्न भएसगै प्रति घण्टा ३०० किलोलिटर पेट्रोलियम पदार्थ आयात हने नेपाल आयल निगम प्रादेशिक कार्यालय अमलेखगञ्जले जनाएको छ । अमलेखगञ्ज डिपोमा पेट्रोल भण्डारणको लागि ४ ओटा टयाकिं थप गरिएको छ । जहां पेट्रोलको १७४९० किलोलीटर, डिजल २५५९० किलोलीटर र मट्टितेल २२७० किलोलिटर भण्डारण हुने निगमका प्रमुख प्रलयंकर आचार्यले जानकारि दिएका छन् ।

आचार्यका अनुसार फायर फ्याटिंकको लागि १२०० लिटरको ट्याटिं रहेकोमा ३०० के एलको दुई ओटा ट्याटिं थप गरिएको छ । २०२४ अक्टोबर ४ मा पेट्रोल पाच हजार पाच सय किलोलीटर, २०२४ डिसेम्बर ११ मा मटितेल आयात गरिएको थियो । निगमको भण्डारण क्षमता अनुसार पेट्रोल, डिजल र मट्टितेल आयात गर्ने गरिएको प्रमुख आचार्यले बताए ।

पाइपलाइन सुचारु भएसंगै ट्याङ्गकर ढुवानी भाडामा ५० प्रतिशत कमि भएको उनले जानकारि दिए । अम्लेखगञ्ज निगमबाट थानकोट, पोखरा, विराटनगर, जनकपुरमा पेट्रोल सप्लाई भईरहेको छ भने भैरहवासम्म डिजल ढुवानी हुने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*