दुई सय रुपैयाँले बढ्यो आज सुनको भाउ

ए वान डेस्क
१२ चैत्र २०८१, बुधबार १४:२२

सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ । हिजो तोलामा दुई सय रुपैयाँले घटेको सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेर एक लाख ७३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । पछिल्लो तीन दिन स्थिर रहेको चाँदीको भाउ आज बढेको हो ।

आज १० रुपैयाँले बढेर चाँदी तोलाको एक हजार नौ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*