टाडीमा यु आर अटोमेटिक लण्ड्रिको कलेक्सन सेन्टर !
ए वान डेस्क /
यु आर अटोमेटिक लण्ड्रिले चितवनको टाडीमा कलेक्सन सेन्टर स्थापना गरेको छ । कलेक्सन सेन्टरको एक कार्यक्रमकाबिच पुर्वि चितवन पत्रकार मञ्चका अध्यक्ष होमनाथ सापकोटाले आज उद्घाटन गर्नुभएको थियो ।
उद्घाटनको अवसरमा सापकोटाले सफल्ताको कामना गर्नुभएको थियो । यु आर अटोमेटिक लण्ड्रिका सञ्चालक उमेश चौलागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय बुद्धिजिवि, समाजसेवी एवं भद्रभलादमीहरुको उपस्थिति रहेको थियो ।
यु आर अटोमेटिक लण्ड्रि सौराहाको कलेक्सन सेन्टरको रुपमा टाडीलाई राखिएको सञ्चालक चौलागाईले जानकारी दिनुभयो । टाडीको सहारा मार्केटमा स्थापना गरिएको कलेक्सन सेन्टरमा उद्घाटन अवसरमा छुटको पनि व्यवस्था गरिएको छ । सञ्चालक चौलागाईका अनुसार उद्घाटनको अवसरमा ३० प्रतिशत छुटको समेत व्यवस्था गरिएको हो ।
ग्राहकको सेवा र सुविधालाई मध्यनजर गर्दै टाडीमा यु आर अटोमेटिक लण्ड्रीको कलेक्सन सेन्टर स्थापना गरिएको सञ्चालक चौलागाईले जानकारी दिनुभयो । यु आर अटोमेटिक लण्ड्रिले हालसम्म सिमरा र सौराहामा गरी दुई स्थानमा आफ्नो सेवा बिस्तार गरिसकेको छ ।

























