कलैयास्थित हनुमान मन्दिरको दान पेटिकाको रकम चोरी

ए वान डेस्क
१४ चैत्र २०८१, शुक्रबार ११:३५

बाराको कलैया उपमहानगरपालिका १ स्थित हनुमान मन्दिरमा रहेको दान पेटिकाको रकम बिहीबार राति चोरी भएको छ ।

बजार क्षेत्रमा रहेको मन्दिरको मुख्य ढोकाको ताला फुटाएर दान पेटिकाको रकम चोरी भएको हो ।

चोरले मन्दिर भित्र रहेको दान पेटिका फुटाएर त्यसभित्र रहेको दान रकम चोरी गरेको छ । चोरी गर्ने व्यक्तिको पहिचान खुल्न बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*