कलैयामा पत्रकार महासंघको विरोध प्रदर्शन

ए वान डेस्क
१५ चैत्र २०८१, शनिबार १३:१६

काठमाडौंमा राजावादी प्रदर्शनका क्रममा एक पत्रकारको हत्या र सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघले बाराको कलैयामा प्रदर्शन गरेको छ।

नेपाल पत्रकार महासंघ बाराले भरतचौकबाट विरोध जुलुस निकालेर जिल्ला प्रशासन कार्यालयसम्म पु¥याएको थियो। त्यहाँ विरोध प्रदर्शनपछि पुनः भरतचौकमा आएर विरोध सभामा परिणत भएको थियो।

विरोध सभामा महासंघका उपाध्यक्ष पन्नालाल दासको अध्यक्षतामा केन्द्रिय सदस्य सिकेन्द्र पासवान, प्रदेश कोषाध्यक्ष अनिल गौरव, महासंघ बाराका पूर्व अध्यक्ष कमल उपाध्याय, पूर्व उपाध्यक्ष राकेश पाण्डे, नागरिक समाजका अध्यक्ष उमेशलाल दास तथा वरिष्ठ पत्रकार सत्य प्रकाश श्रेष्ठ लगायतका व्यक्तित्वहरूले सम्बोधन गर्दै पत्रकार हत्या र सञ्चारमाध्यममाथिको आक्रमणको कडा विरोध जनाएका थिए।

कार्यक्रमको सञ्चालन महासंघ बाराका जिल्ला सचिव पुष्पराज खतिवडाले गरेका थिए। वक्ताहरूले पत्रकारितामाथि हुने कुनै पनि प्रकारको हिंसालाई सह्य नहुने बताए।

यसअघि, काठमाडौंमा राजावादी प्रदर्शनका क्रममा भएको झडपमा एक जना पत्रकारको मृत्यु भएपछि देशभर विरोध प्रदर्शनहरू भइरहेका छन्। पत्रकार महासंघले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*