मंगलम डाईग्नोष्टिक सेण्टरको शाखा सिमरामा, मेयरले गरे उद्घाटन

बाराको सिमरामा मंगलम डाईग्नोष्टिक सेण्टरले आफ्नो सेवा शुरु गरेको छ । तराई मोर्डन हस्पिटल सिमरासंगको समन्वयमा मंगलमले डाईग्नोष्टिक सेण्टरले आफ्नो सेवा शुरु गरेको हो ।
डाईग्नोष्टिक सेण्टरको आज एक कार्यक्रमकाबिच जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष दिपेन्द्र चौधरी, समाजसेवीहरु सुमनकुमार भट्टराई, मुकुन्द बहादुर क्षेत्री, कृष्णब्रत सिंह, सञ्जय साह, प्रकाश गिरी, छविलाल शर्मा, पत्रकार महासंघ बाराका सचिब पुष्पराज खतिवडा लगायतको उपस्थिति रहेको थियो ।
तराई मोर्डन हस्पिटलका अध्यक्ष प्रकाश नारायण झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अस्पतालकी सञ्चालिका जमुना पौडेलले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा अस्पतालका सञ्चालक रबिन्द्र कुमार सिंहले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रमकाबिच अस्पतालको चौतर्फी विकासमा भुमिका खेलेको भन्दै डा. प्रकाश पौडेललाई सम्मान गरिएको थियो । उहालाई नगर प्रमुख राजन पौडेलले सम्मान गर्नुभएको थियो ।
तीन दशक अघिदेखि आफ्नो सेवा दिदै आईरहेको मंगलम डाईग्नोष्टिक सेण्टरले देशका बिभिन्न जिल्लामा सेवा दिदै आईरहेको छ । मंगलम डाईग्नोष्टिक सेण्टरका सञ्चालक प्राध्यापक डाक्टर अमरनाथ ठाकुरले विपन्न नागरिकले पैसाको अभावमा उपचार नपाउने स्थितीको अन्त्य गर्न आफुहरु प्रतिवद्ध रहेको बताउनुभयो ।