प्रगतिशिल सामुदायिक बन औराहाको निर्वाचन : अध्यक्षमा संतोष र अमिताभ भिड्दै
ए वान डेस्क /
नया कार्यसमिति चयन गर्न जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहामा रहेको प्रगतिशिल सामुदायिक बन उपभोक्ता समुहको निर्वाचन बैशाख १८ गते हुदैछ । कार्यसमिति चयनका लागी सन्तोष दाहाल र अमिताभ चौधरीले छुट्टा छुट्टै प्यानल बनाएका छन् ।
निर्वाचनको मिति नजिकिदै जादा दुबै समुह प्यानल सहित चुनावमा भिड्दैछन । निर्वाचन समितिले दुवै समुहलाई चुनाब चिन्ह पनि प्रदा नगरिसकेको छ । युवा पुस्तामाझ निकै नै लोकप्रिय सन्तोष दाहाल समुहले हात्ती चुनाब चिन्ह पाएको छ भने अमिताभ चौधरी समुहले बाघ चुनाव चिन्ह पाएको छ ।
सन्तोष दाहाल समुहलाई माओबादी र काग्रेसको साथ छ भने अमिताभ चौधरी एमालेको साथ छ । अहिले दुबै समुह मत माग्न घरदैलो गरिरहेका छन् । निर्वाचन समिति संयोजक रमेशप्रसाद खरेलले वैशाख १८ गते विहिबार विहान ८ बजेबाट मतदान शुरु हुने बताउनुभयो ।
कुल १७ सय ५६ मतदाता रहेको प्रगतिशिल साुमदायिक बन समुहको मतदानस्थल औराहा स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा तोकिएको छ ।
























