प्रथम पथलैया भेट्रान्स फुटबल प्रतियोगिता बैशाख २० गतेदेखि हुने

ए वान डेस्क
१६ बैशाख २०८२, मंगलवार १७:४५

ए वान डेस्क/

प्रथम पथलैया भेट्रान्स फुटबल प्रतियोगिता २०८१ बैशाख २० गतेदेखि हुने भएको छ । पथलैया भेट्रान क्लबको आयोजनामा श्रीकृष्ण मन्दिर अगाडीको खेल मैदानमा हुन लागेको प्रतियोगिता जेठ २ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा १५ वटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा फुटबल क्लब कमल डाडा भेट्रान्स हेटौडा, सिटि भेट्रान्स बिरगञ्ज, नव जनजागृती भेट्रान क्लब सिमरा, निजगढ भेट्रान्स क्लब बारा, सिमरा भेट्रान्स क्लब बारा, युनिक भेट्रान्स खैवा, पथलैया भेट्रान्स पथलैया, बिरगञ्ज युथ भेट्रान्स, डुमरवाना भेट्रान्स, बकुलिया भेट्रान्स, जिरा भवानी भेट्रान्स, विकासशिल भेट्रान्स, आरम्भ भेट्रान्स, सुर्य निवास भेट्रान्स र बगै भेट्रान्स पर्साको सहभागिता रहनेछ ।

प्रतियोगिताको मुख्य सहयोगी संस्थाको रुपमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ को कार्यालय रहेको छ । प्रतियोगिताको मिति नजिकिदै गर्दा आयोजक क्लबले आन्तरीक तयारी पनि तिब्र पारेको छ ।

प्रतियोगिताको तयारी धमाधम भईरहेको आयोजक क्लबले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*