सत्तारुढ दलको बैठक आज बस्ने, के छन् छलफलका एजेन्डा ?

ए वान डेस्क
१७ बैशाख २०८२, बुधबार ०९:३१

सत्तारुढ दलको बैठक बस्दै छ । बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ । बैठकमा सत्तारुढ दलका शीर्ष नेता सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा सरकारका कामकारबाही, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नीतिगत विषय, गभर्नर नियुक्ति, शिक्षक तथा चिकित्सकको आन्दोलनलगायत विषयमा छलफल हुने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*