औराहाको प्रगतिशील सामुदायिक बनमा दोब्बर मतले दाहाल अध्यक्षमा निर्वाचित, यस्तो छ अन्तिम मत परिणाम

ए वान डेस्क
१९ बैशाख २०८२, शुक्रबार १३:०८

जीतपुरसिमरा उपमहानगरपालिका ४ स्थित प्रगतिशील सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा सन्तोष दाहाल नेतृत्वको प्यानल बिजयी भएको छ ।

दाहाल नेतृत्वको प्यानलले अमिताभ चौधरीको नेतृत्वको प्यानललाई फराकिलो मतान्तरसहित पराजित गरेको हो । अध्यक्षमा निर्वाचित दाहालले आठ सय ४० मत प्राप्त गर्दा उनका प्रतिद्धन्दी चौधरीले तीन सय ३० मत प्राप्त गरेका छन् । दाहाल पाँच सय १० मतको मतान्तरले निर्वाचित भएका हुन् ।

यसैगरी १९ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा डिल्लिराम उपाध्याय सात सय ५५ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिद्धन्दी भरत सिंखडले तीन सय ८० मत पाएका छन् ।

सचिवमा निल सिग्देल खड्का सात सय ३३ मत प्राप्त गर्दै बिजयी भएकी छिन् । उनका प्रतिद्धन्दी रोहित अधिकारीले तीन सय ९७ मत पाएका छन् । सहसचिवमा मीनबहादुर कंडेलले ६ सय ७६ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिद्धन्दी राजकुमार थापाले चार सय ३६ मत पाएका छन् ।

कोषाध्यक्षमा राधा गौतम सात सय चार मत प्राप्त गर्दै निर्वाचित भएकी छिन् । कोषाध्यक्ष पदकी अर्की उम्मेदवार रिता पाठक भट्टले चार सय ७० मत पाएकी छिन् ।

सदस्यमा सञ्जय महतो (७५२), सुमन बिसुराल (७५०), अर्जुन (किसान) ढकाल (७४०), लालपरी देवी राम (७३६), दीपक अधिकारी (७३५), डिल्लीप्रसाद अधिकारी (७३५), तेतरी देवी (७३५), बिमला राई (७२८), पुष्पा आचार्य (७२७), संगिता हमाल (७२७), रवि परिया (७२६), जलेन्द्र चौधरी (७२१), थिरा दाहाल तिमिल्सिना (७१५) र संगिता तिमिल्सिना (७०६) निर्वाचित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*