प्रथम पथलैया भेट्रान कप २०८२ शुरु, वीरगन्ज सिटीको बिजयी सुरुवात

ए वान डेस्क
२० बैशाख २०८२, शनिबार १९:२५

वीरगन्ज सिटी भेट्रान क्लबले प्रथम पथलैया भेट्रान फूटबल प्रतियोगितामा बिजयी सुरुवात गरेको छ ।

पथलैयास्थित श्रीकृष्ण खेल मैदानमा शनिबार भएको उद्घाटन खेलमा हेटौंडा फूटबल क्लब कमलडाँडालाई १-० ले पराजित गर्दै वीरगन्जले बिजयी सुरुवात गरेको हो ।

वीरगन्जको जितमा चन्द्रशेखर चौधरीले निर्णायक गोल गरेका थिए । दोस्रो हाफको अन्तिम समयमा चौधरीले गरेको गोल निर्णायक बन्न पुग्यो ।

खेलको प्लेयर अफ दि म्याच चौधरी घोषित भए । चौधरीलाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष हिराबहादुर गुरुङले पुरस्कृत गरेका थिए ।

प्रतियोगिता अन्तर्गत आइतबार वीरगन्ज युथ भेट्रान र डुमरवाना भेट्रान क्लबबीच खेल हुनेछ ।

जेठ ३ गते सम्म आयोजना हुने प्रतियोगितामा १५ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले ५० हजार र उपबिजेताले २५ हजार नगद प्राप्त गर्नेछ ।

प्रतियोगितामा सिमरा भेट्रान्स, एनजेजेभीसी भेट्रान्स, डुमरवाना भेट्रान्स, बकुलिया भेट्रान्स, विकासशील भेट्रान्स, सूर्य निवास भेट्रान्स, युनिक भेट्रान्स, निजगढ भेट्रान्स, बगै भेट्रान्स, वीरगन्ज युथ भेट्रान्स, जिराभवानी भेट्रान्स, कमलडाँडा भेट्रान्स, सिटी भेट्रान्स, आरम्भ भेट्रान्स र आयोजकको सहभागिता रहनेछ ।

यसअघि प्रतियोगिताको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष गुरुङले गरेका थिए । आयोजक पथलैया भेट्रान्स क्लबका अध्यक्ष तोयानाथ खनालको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*