कारले मोटरसाइकललाई ठक्कर दिँदा राैतहटमा बुबा–छोरीको ज्यान गयाे

ए वान डेस्क
२१ बैशाख २०८२, आईतवार १५:१७

रौतहटमा कारले मोटरसाइकललाई ठक्कर दिँदा बुबा–छोरीको ज्यान गएको छ ।

चन्द्रपुर नगरपालिका वडा नम्बर ४ मा कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार ६० वर्षका बलिराम सहनी र उहाँकी छोरी ४० वर्षकी उर्मिलादेवी सहनीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपककुमार रायले जानकारी दिनुभयो ।

आज बिहान चन्द्रनिगाहपुरबाट निजगढतर्फ गुडिरहेको मोटरसाइकललाई हेटौँडाबाट चन्द्रनिगाहपुरतर्फ गुडिरहेको कारले ठक्कर दिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको रायले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*