१८० किलो गाँजा सहित एम्बुलेन्स चालक समातिए

ए वान डेस्क
२१ बैशाख २०८२, आईतवार १५:१९

सुनसरीको रामधुनी नगरपालिका-६ पिडारीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ८० किलोग्राम सहित प्रहरीले एक एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएको छ।

बराहक्षेत्र नगरपालिका-४ बस्ने २५ वर्षीय श्रीराज कुमार साहलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय रामधुनीबाट खटिएको प्रहरीले बिआर ३८ पि ५४१४ नम्बरको एम्बुलेन्सलाई जाँच गर्ने क्रममा सेतो बोराले बेरेको ६ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी एम्बुलेन्स चालक श्रीराजलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*