आनिश्चितकालीन आन्दोलन गर्ने राप्रपाको घोषणा
राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डा स्थापित नभएसम्म राष्ट्रवादीहरुको आन्दोलन नरोकिने बताएका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई धन्यवाद दिँदै थापाले राष्ट्रवादी आन्दोलनलाई सफल पार्ने जिम्मेवारी लिङ्देनको काँधमा पुगेको बताएका छन् ।
राजसंस्था पुनःस्थापनाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले बिहीबार गरेको पत्रकार सम्मेलनमा थापाले यस्तो बताएका हुन् ।
उनले राष्ट्रवादी शक्तिहरु एकतावद्ध भएर चाँडै भ्रष्ट व्यवस्था र कुशासनबाट मुलुकलाई मुक्त तुल्याउने भन्दै हिन्दु राष्ट्रको पुन:स्थापना गरी आर्थिक सुशासन कायम गने दाबी समेत गरेका छन् ।
कार्यक्रममा राजावादी समूहले जेठ १५ गतेबाट आनिश्चितकालीन आन्दोलनको घोषणा समेत गरेका छन् ।
























