निजगढमा विपन्न तथा अल्पसंख्यक विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

ए वान डेस्क
२५ बैशाख २०८२, बिहीबार १५:१२

बाराको निजगढ नगरपालिका वडा नम्बर ६ ले बुधबार वडा भित्रका विपन्न तथा अल्पसंख्यक विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

वडा कार्यालयमा आयोजित कार्यक्रममा वडा भित्रका दनुवार जातीका ६ जना अल्पसंख्यक विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको वडाअध्यक्ष घनश्याम तिमल्सिनाले जानकारी दिए ।विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप विद्यालय पोशाक, कापी, पेन्सिल लगायत पठनपाठनका लागी आवश्यक शैक्षिक सामग्री प्रदान गरेको हो ।

अन्य छुटेका विपन्न तथा अल्पसंख्यक विद्यार्थीहरुलाई पनि सामग्री वितरण गर्ने योजना रहेको वडाअध्यक्ष तिमल्सिनाले बताए ।

वितरण कार्यक्रममा वडाअध्यक्ष तिमल्सिनासहित वडा सदस्यहरु मिना सुनार, आशा श्रेष्ठ र वडा सचिव सुजित कर्ण लगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*