भारत-पाकिस्तान तनाव : दुवै पक्षको आ-आफ्नो दाबी

ए वान डेस्क
२६ बैशाख २०८२, शुक्रबार १३:००

भारतीय सेनाको अतिरिक्त जनसूचना महानिर्देशनालय (एडीजी पीआई) ले मे ८ र ९ को मध्यरातमा पाकिस्तानी सेनाले आफ्नो देशको सम्पूर्ण पश्चिमी सीमामा आक्रमण गरेको बताएको छ।

एक्समा एउटा भिडियो सेयर गर्दै भारतीय सेनाका एडीजी पीआईले लेखेको छ,‘पाकिस्तानी सशस्त्र बलहरूले ८ र ९ मे २०२५ को मध्यरातमा सम्पूर्ण पश्चिमी सीमामा ड्रोन र अन्य हतियारहरू प्रयोग गरेर धेरै आक्रमण गरे ।

पाकिस्तानी सेनाले जम्मू कश्मीरको नियन्त्रण रेखामा पनि धेरै पटक युद्धविराम उल्लङ्घन गरेको छ।’

यता, पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले जम्मू कश्मीरमा भएको कुनै पनि आक्रमणको जिम्मेवारी अस्वीकार गरेका थिए ।

त्यस्तै पाकिस्तानका सञ्चार मन्त्री अतुल्लहा तरारले पनि बिहीबार भारत प्रशासित कश्मीरमा कुनै पनि आक्रमण नगरिएको जिकिर गरे ।
उनले भारतीय मिडियाले गलत सूचना फैलाएको दाबी गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*