रौतहटका पत्रकार फणि महतको निधन

ए वान डेस्क
१ जेष्ठ २०८२, बुधबार १३:१३

रौतहटका पत्रकार फणि महतको मंगलबार साँझ निधन भएको छ । महतको काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो ।

महत लामो समयदेखी ब्रेन ट्युमरको उपचार गराइरहेका थिए । पछिल्लो समय उनी अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत थिए ।

महत प्रेस चौतारी नेपाल मधेश प्रदेशका संस्थापक अध्यक्ष हुन् ।
महत अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकको रौतहट संवाददाता थिए भने रेडियो सुप्रीमका संचालक थिए । महतको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक निडर र सक्षम पत्रकार गुमाएको छ । उनको योगदान सदैव स्मरणीय रहनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*