ओम बिनायक ट्राभल्सका संचालक पौडेलले गरे खाध्यन्न सामग्री सहयोग

ए वान डेस्क
१ जेष्ठ २०८२, बुधबार १४:४६

ओम बिनायक ट्राभल्सका संचालक अच्युत पौडेलले सामग्री सहयोग गरेका छन् ।
पौडेलले आर्थिकरुपले विपन्न एक परिवारकी छोरीको विवाहका लागि सामग्री सहयोग गरेका हुन्।

बाराको बारागढी गाउँपालिका वडा नम्बर ३ नायका टोल निवासी रघुनाथ सहनी (भदई) को छोरीको विवाहका लागि पौडेलले भोज सामग्री सहयोग गरेका हुन् । आर्थिक रुपले विपन्न भदईको छोरीको बिहेका लागि प्रेस चौतारी नेपालका सचिवालय सदस्य एवम् मधेश प्रदेश इन्चार्ज समेत रहेका पौडेलले २५० जनालाई पुग्ने सामग्री र बेहुला बेहुलीको लागि कपडा सहयोग गरेका हुन् ।

बुधबार बिहान सोही गाउँपालिकाका राजकिशोर चौधरीको सहजीकरणमा बेहुलीको आमा असिया देवी र दाइ छोटेलाल सहनीलाई सो सामग्री हस्तान्तरण गरिएको हो ।

ओम बिनायक ट्राभल्सका संचालक पत्रकार पौडेलले आर्थिक अभावका कारण कोहि पनि छोरीको विवाह खल्लो नहोस् भन्ने उद्देश्यले आफुले सक्दो सहयोग गरेको बताए ।
उनले अहिले समाजमा खर्चिलो विवाहिक कार्यक्रमले आर्थिकरुपले विपन्न परिवारलाई गिजोलिरहेको बताउँदै विवाहलाई सरल, सहज र दाइजोमुक्त बनाउनुपर्नेमा जोड दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*