फतेपुर बजार निर्माण कार्यको शिलान्यास

ए वान डेस्क
१ जेष्ठ २०८२, बुधबार १६:११

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १२ स्थित फतेपुर बजारको शिलान्यास गरिएको छ । बारा क्षेत्र नम्बर ३ की प्रतिनिधि सभा सदस्य एवं पूर्व मन्त्री ज्वालाकुमारी साह र जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले फतेपुर बजारको शिलान्यास गरेका छन् ।

संघीय सरकारको एक करोड ६० लाख र जीतपुरसिमरा उपमहानगरपालिकाको एक करोड ४० लाख रुपैया गरी ३ करोडको लागतमा फतेपुरमा आधुनिक बजार निर्माण हुदैछ । सुमितकालिका कन्ट्रक्सनले २ करोड ५२ लाख २७ हजार रुपैयामा उक्त निर्माण कार्यको ठेक्का सकार गरेको उपमहानगरपालिकाले जनाएको छ ।

२०८४ असार २० गते भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । शिलान्यास कार्यक्रममा पुर्वमन्त्री ज्वाला साहले आफू कृषि मन्त्री हुदा गरेको पहलमा उपमहानगरपालिका र वडा कार्यालयका तर्फबाट सकारात्मक सहयोग प्राप्त भएको भन्दै खुशी व्यक्त गरीन् । कार्यक्रमलाई सम्बोधन गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले संघीय सरकार र जीतपुरसिमरा उपमहानगरपालिकाको सहकार्यमा फतेपुरको अव्यवस्थित संरचना हटाई व्यवस्थित बजारका रुपमा विकास गर्ने कार्यमा स्थानीयबासीबाट प्राप्त सहयोगका लागि धन्यवाद दिएका थिए ।

जीतपुरसिमरा १२ का वडाध्यक्ष श्यामबाबु खाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधान सदस्य बलबीर चौधरी, जीतपुरसिमरा उपमहानगरका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, वडा नम्बर १३ का वडाध्यक्ष हेमनारायण चौधरी, वडा नम्बर १७ का वडाध्यक्ष भिमबहादुर गंतान, वडा नम्बर १८ का वडाध्यक्ष चतुरबाबु वाग्ले, वडा नम्बर ७ का वडाध्यक्ष सुनील गुप्ता, जीतपुरसिमरा उपमहानगरपालिकाका कार्यपालिका सदस्य प्रल्हाद साह सोनार, प्रभावतीदेवी पासवान लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*