विश्व टेस्ट च्याम्पियनशिपको पुरस्कार राशि सार्वजनिक

ए वान डेस्क
२ जेष्ठ २०८२, बिहीबार १४:५१

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्व टेस्ट च्याम्पियनशिपको पुरस्कार राशि सार्वजनिक गरेको छ ।

आईसीसीका अनुसार विश्व टेस्ट च्याम्पियनशिपको विजेताले ३६ लाख मिलियन अमेरिकी डलर अर्थात्  ४९ करोड १५ लाख रुपैयाँभन्दा धेरै पुरस्कार रकम पाउने भएका छन् ।

यो पुरस्कार रकम यसअघिको संस्करणभन्दा दोब्बरभन्दा बढी हो । सन् २०२१ र २०२३ मा विजेताले १६ लाख मिलियन डलर पुरस्कार पाएका थिए ।

यस्तै यस संस्करणको उपविजेताले २१ लाख ६० हजार डलर पुरस्कार पाउने भएका छन् । यसअघिका संस्करणमा उपविजेताले ८ लाख डलर पुरस्कार पाएका थिए ।

अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको विश्व टेस्ट च्याम्पियनपिशको फाइनल आउँदो जुन ११ देखि बेलायतको लर्ड्स क्रिकेट मैदानमा शुरू हुनेछ । उपाधि प्रतिस्पर्धाका लागि दुवै देशले टोली घोषणा गरिसकेका छन् ।

सन् २०१९ देखि शुरू भएकाे प्रतियाेगिताकाे पहिलाे संस्करण न्युजिल्यान्डले जितेकाे थियाे भने दाेस्राे संस्करण अस्ट्रेलियाले जितेकाे थियाे । दुवै संस्करणमा भारत उपविजेता बनेकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*