माओवादीको दोस्रो चरणको जागरण अभियान पाटनबाट सुरु

ए वान डेस्क
३ जेष्ठ २०८२, शुक्रबार १३:३९

नेकपा माओवादी केन्द्रले दोस्रो चरणको मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियान सुरु भएको छ ।
सुदूरपश्चिम प्रदेशको बैतडी जिल्ला स्थित पाटन नगरपालिकाद्वारा निर्मित स्मारकको उद्घाटन गरी अभियान सुरु गरेको हो ।

उद्घाटन कार्यक्रम अन्तर्गत माओवादी केन्द्रले पाटनमा आयोजना गरेको सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ । जेठ १० गतेसम्म सञ्चालन हुने यो अभियान पोखरामा गएर समापन हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*