कमजोर प्रणालीका कारण विद्युत् आपूर्ति प्रभावित भयो : हितेन्द्रदेव शाक्य

ए वान डेस्क
३ जेष्ठ २०८२, शुक्रबार १४:११

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत् उत्पादन बढदै गए पनि सोही अनुसार प्रसारण लाइन सञ्जाल बढ्न नसक्दा विद्युत् आपूर्तिं प्रभावित भएको बताएका छन् ।

शाक्यले प्रसारण लाइन सञ्जाल द्रुत गतिमा बढाउँदै लान नसके हिजो बिहीबार रातिको जस्तो सानो–सानो घटनामा पनि विद्युत् आपूर्ति प्रभावित (ट्रिपिङ) भइरहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताए ।

प्राधिकरणको स्युचाटार सबस्टेसनमा आयोजित्र पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक शाक्यले प्रसारण लाइन सञ्जाल अब पनि तीव्र गतिमा विस्तार गर्दै नलगे साह्रै ठूलो समस्या, संकट, दुर्घटना निम्तिन सकिने बताए ।

शाक्यले प्राधिकरणको पूर्वाधार, उपकरण र नेटवर्कको कमजोरीले विद्युत् आपूर्तिमा समस्या आइरहेको दाबी गरे ।

कार्यकारी निर्देशक शाक्यले प्राधिकरणको पूर्वाधार, उपकरण र नेटवर्कको कमजोरीले विद्युत् आपूर्तिमा समस्या आइरहेको दाबी गरे । माग र सिस्टम बढ्दै जाँदा पूर्वाधार नबढ्दा सीमाभन्दा बढी भएको उनले बताए ।

स्युचाटार र बालाजु सबस्टेसनमा पनि यस्तै समस्या रहेको उनले बताए । त्यस्तै ढल्केबरबाट चन्द्रनिगाहपुर हुँदै पथलैया जाने प्रसारण लाइनमा पनि ओभरलोड भइरहेको उनको भनाइ छ । वर्षामा पर्याप्त बिजुली हुँदा पनि त्यस क्षेत्रमा लोडसेडिङ हुने गरेको उनले बताए ।

कमजोर प्रणाली भएका कारण विद्युत् आपूर्तिमा समस्या देखिएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*