कान्ति लोकपथ एकतर्फी खुल्यो

ए वान डेस्क
६ जेष्ठ २०८२, सोमबार १३:०५

हेटौँडा–काठमाण्डौ जोड्ने कान्ति लोकपथ एकतर्फी खुलेको छ ।

भएको भीमफेदी गाउँपालिका–८ र बागमती गाउँपालिका–२ मा रहेको बागमती पुललाई जोड्ने बगुवा खोलामा ह्युमपाइप राखेर बनाइएको डाइभर्सन बगाएपछि सडक अवरुद्ध बनेको थियो ।

अहिले पुल मर्मतसम्भार गरेर साना गाडीका लागि एकतर्फी सडक सञ्चालन गरिएको मकवानपुर प्रहरीले जनाएको छ । तर ठूला गाडीलाई भने डाइभर्सन बाटो निर्माण नहुञ्जेलसम्मका लागि आवतजावतमा रोक लगाइएको छ ।

बगुवा खोलामा बागमती पुलको एक भाग गएको असोजमा आएको बाढीले बगाएको थियो । पुलको मकवानपुरतर्फको भाग बगाएपछि डाइभर्सनबाट सडक सञ्चालन भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*