नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोको समस्या पहिचान गरी समाधानका काम सुरु

ए वान डेस्क
६ जेष्ठ २०८२, सोमबार १३:३७
gf/fo0fu9–d'lUng ;8sdf klx/f] e/tk'/, % ;fpg clj/n jif{sf sf/0f gf/fo0fu9–d'lUng ;8sv08 cGtu{t OR5fsfdgf ufpFkflnsf–^, rf/ lsnf]df v;]sf] klx/f] . k"0f{ ?kdf cj?4 ePsf] ;8ssf] klx/f] kG5fOFb} . t:jL/M s[i0f cfrfo{÷/f;;

नारायणगढ–मुग्लिन सडकखण्डमा वर्षायाममा हुन सक्ने पहिरोको समस्या पहिचान गरी समाधानका काम सुरु गरिएको छ।

गत वर्षको असारमा सिमलतालमा दुईवटा बस पहिरोले बगाएपछि त्यस खालको समस्या नआओस् भन्नका लागि सावधानी अपनाइएको हो।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख इञ्जिनियर नारायण लामिछानेका अनुसार संवेदनशील ठाउँहरूमा पहिरो नियन्त्रणका काम भएका छन् ।

गत वर्ष घटना भएको सिमलतालको माथिल्लो भागमा लेदो बगेर नआओस् भन्नका लागि साना ‘चेक ड्याम’ निर्माण गरिएको उनले बताए ।

यस्तै, मौरी खोला पुलको माथिल्लो भागमा पनि चेक ड्याम र खोल्सो बनाउने (लाइनिङ) को काम भएको छ।

कालीखोलालगायतका जोखिमयुक्त ठाउँहरूमा पनि आवश्यकताअनुसार पहिरो रोकथामका काम भएको उनले बताए।  पहिरो आइहालेमा तत्काल पन्छाउने गरी व्यवस्थापन गरिएको उनले जानकारी दिए।

कार्यालयले सडकखण्डको सेतीदोभान क्याम्पमा ब्याक्होलोडर, ट्रक, स्काभेटर, लोडर, मिनी टिपरसहितका उपकरण राखिएको जानकारी दिए । त्यसैगरी, भरतपुरस्थित कार्यालयमा पनि यस्ता उपकरण तयारी अवस्थामा राखिएको छ।

प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले पहिरो नियन्त्रण र पहिरो खसिहालेमा तत्काल पन्छाउन आवश्यक तयारी गरिएको बताए।

उनका अनुसार डिभिजन सडक र सुरक्षा निकायका अधिकारीहरूबीच यसअघि छलफल गरी तयारीको काम सुरु गरिएको हो।

गत वर्षको असार २८ गते दुईवटा रात्रिकालीन बस बगाउँदा ६२ जना हाराहारी यात्रु बगेका थिए। तीमध्ये कतिपय अझै बेपत्ता छन्।

ती दुईवटा बस समेत फेला परेका छैनन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*