१९ वर्षमुनिको साफ च्याम्पियनशिप खेलेर नेपाली टोली स्वदेश फिर्ता

ए वान डेस्क
७ जेष्ठ २०८२, मंगलवार १६:५९

१९ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबल प्रतियोगितामा सहभागी भएर नेपाली टोली स्वदेश फर्किएको छ । आज स्वदेश फर्किएको युवा टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० का प्रवक्ता सुरेश शाहले स्वागत गरेका छन् ।

भारतमा भएको प्रतियोगिताको सेमिफाइनलमा नेपाली टोली सेमिफाइनलमा बङ्गलादेशसँग २–१ गोलले पराजित भएको थियो । नेपाली युवा टोली समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो ।

१९ वर्षमुनिको साफ च्याम्पियनशिपको उपाधि भारतले जितेको थियो । फाइनलमा भारतले बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा ४–३ गोलले हराएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*