हेलिकप्टरबाट एक सुत्केरीको उद्धार

ए वान डेस्क
७ जेष्ठ २०८२, मंगलवार १७:११

हुम्लामा चंखेली गाउँपालिका- ६ की १८ वर्षकी किशोरीको हेलिकप्टरबाट उद्धार गरिएको छ।

जिल्ला अस्पताल हुम्लामा उपचार हुन नसकेकी १८ वर्षकी धनशिला बुढाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो।

३२ हप्ता भित्रै सुत्केरी बेथा लागेर हुम्ला जिल्ला अस्पताल हुम्लामा उपचार गर्न चंखेली गाउँपालिकाबाट लगिएको थियो ।

यता उपचार हुन नसकेपछि जिल्ला बाहिर रेफर गरेको जिल्ला स्वास्थ्य कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख प्रतिक्षा भारतीले जानकारी दिइन् ।

सुत्केरीको शरिरमा पुरै बिबिरा खाल्को पनि थियो शरिरमा रगतको मात्रै कम भएकोले र यता बाट औषधि हुन नसकेपछि प्रादेशिक अस्पताल सुर्खेत रेफर गरेको कार्यालय प्रमुख भारतीको भनाइ छ।
राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट रेफर गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*