अम्बेडकर पार्क शिलान्यास स्थलमै बनाउनुपर्ने चमार समुदायको माग

ए वान डेस्क
९ जेष्ठ २०८२, बिहीबार १२:४०

चमार जाति सम्बद्ध विभिन्न सङ्घसंस्था तथा जातीय अगुवाहरूले डाक्टर अम्बेडकर पार्क शिलान्यास भएकै ठाउँमा बनाउन माग गरेका छन् ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहलाई बुधबार जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर उनीहरूले सिरहाको लहानस्थित सलहेस फुलबारीनजिक १० धुर जग्गामा शिलान्यास भएकै ठाउँमा दलित मसिहा डा.अम्बेडकरको पार्क बनाउनुपर्ने र जग्गा अपुग भए चमार समुदायका डा.काशीन्द्र महरा चमारले सोही ठाउँ दुई कट्ठा जग्गा सरकारको नाममा पारित गर्ने जानकारीसहितको ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा पासवान समुदायका केही राजनीतिक नेताहरूको विरोधकै कारण बहुसँख्यक दलितका आवाज बन्द गर्ने छुट कसैलाई नरहेको औंल्याइएको छ ।

बाबा भिमराव अम्बेडकर पार्कमा चमार समुदायका रविदास, मुसहर समुदायका दीनाभद्री, राजा सलहेस समेतको प्रतिमा राख्ने भन्दै ज्ञापनपत्रमा प्रदेश सरकारले पार्क बनाउन नसके व्यक्तिगत रूपमा चन्दा उठाएर भए पनि पार्क बनाई छाड्ने उल्लेख गरिएको छ ।
ज्ञापनपत्रका दलित समुदायको हितसँग जोडिएका थप आठवटा माग समावेश छन् ।

ज्ञापनपत्रमा चमार कल्याण समाज नेपालका राष्ट्रिय अध्यक्ष दिनेश चमारलगायतले हस्ताक्षर गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*