हेटौँडा औद्योगिक क्षेत्रमा चार उद्योग थपिए

ए वान डेस्क
१० जेष्ठ २०८२, शुक्रबार १३:३९

हेटौँडा औद्योगिक क्षेत्रमा उद्योग विस्तारको क्रम बढ्दै गएको छ ।

पछिल्लो समय त्यहाँ चार वटा नयाँ उद्योग थपिएका छन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालका अनुसार गएको वैशाखदेखि लक्की पोली इन्डस्ट्रिजले प्लास्टिकका सामान र टोटल प्याकेजिङले प्लास्टिकको बोरा उत्पादन थालेका छन् ।

गएको माघदेखि थ्रीस्टार ग्रुपले रङ्गीन तथा सादा कर्कटपाता र बाबा मेनिफ्याक्चरले टिनका  बाकस बनाउन थालेका छन् ।

औद्योगिक क्षेत्रमा अहिले १० वटा उद्योगका  संरचना निर्माणाधीन  छन् ।

तीमध्ये अधिकांशको निर्माण अन्तिम चरणमा पुगेको छ ।

लामो समयदेखि बन्द रहेका ६ वटा उद्योगमध्ये सुप्रिम मेटल उद्योगले पनि फलामको काटी उत्पादन शुरु गरेको सूचना अधिकारी नेपालले बताएका छन् ।

विभिन्न कारणले बन्द रहेका अन्य पाँचवटा उद्योग सञ्चालनका लागि सञ्चालकसँग सम्पर्क समन्वय भइरहेको उनले बताए ।

उहाँका अनुसार बन्द रहेकामध्ये डाइनेष्टी डिष्टलरी, ग्रिन गोल्ड इन्टरनेशनल प्रालि, साउथ एशियन पोलिपाइप प्रालि र बानियाँ मल्टि प्रोडक्ट प्रालि पुनः सञ्चालनको तयारी भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*