रवि र छविको रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी

ए वान डेस्क
१० जेष्ठ २०८२, शुक्रबार १४:५८

सर्वोच्च अदालतले रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ सकिएको छ ।

गत मंगलबारदेखि न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा शुक्रबार सुनुवाइ सकिएको छ ।

अब यो रिटमा आदेश आउन बाँकी छ ।

आज रवि लामिछाने र छविलाल जोशीविरुद्ध जाहेरी दिएका कानुन व्यवसायीहरूले बहस गरेका थिए ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी तथा अधिवक्ता रामचन्द्र आरसी गौतमले शुक्रबार बहस गरे ।

लगत्तै रवि र छविका कानुन व्यवसायीहले जवाफी बहस गरेका थिए ।

अधिवक्ताहरू सुशीलकुमार पन्त र रमनकुमार श्रेष्ठ र सतिषकृष्ण खरेलले जवाफी बहस गरेका थिए ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामा राख्न आदेश दिएको थियो ।

त्यो आदेशपछि रुपन्देही जिल्ला कारागारमा उनी थुनामा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*