फेरी बढ्यो सुनको भाउ

ए वान डेस्क
१२ जेष्ठ २०८२, आईतवार १३:३६

सुनको भाउ आज एक हजार चार सय रुपैयाँले बढेको छ ।

सुनको भाउ एक हजार चार सय रुपैयाँले बढेर ताेलाकाे एक लाख ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रवार सुनको भाउ तोलाकाे एक लाख ९० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो केही दिनयता सुनको भाउमा उतारचढाव हुँदै आएको छ ।

त्यस्तै आज चाँदीको भाउ भने घटबढ भएकाे छैन । चाँदीकाे भाउ अस्तिजस्तै तोलामा दुई हजार पाँच रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*