मधेशका नवनियुक्त मन्त्री कुशवाहालाई पार्टी अध्यक्ष राउतले गरे स्वागत
जनमत पार्टीले मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री वसन्त कुशवाहालाई पार्टीको केन्द्रीय कार्यालयमा स्वागत गरेको छ।
आइतबार काठमाडौंको मध्यबानेश्वरस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष डा. सीके राउतले खादा र अबिरको टीका लगाएर नवनियुक्त मन्त्री कुशवाहालाई स्वागत गरेका हुन् ।
कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष अब्दुल खान,प्रवक्ता डा.शरदसिंह यादव,सचिव अनिता देवी साह र अनिता मण्डलसहित नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष राउतले मन्त्री कुशवाहालाई सफल कार्यकालको शुभकामना दिँदै प्रदेशमा उद्योग, वाणिज्य र पर्यटन क्षेत्रको विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
मन्त्री कुशवाहा हालै मात्र जनमत पार्टीको तर्फबाट मधेश प्रदेश सरकारमा मन्त्री नियुक्त भएका हुन्।
























