रवि लामिछानेको मुद्दाको आदेश संशोधन गर्दै सर्वोच्च अदालत

ए वान डेस्क
१२ जेष्ठ २०८२, आईतवार १४:१७

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आदेशमा संशोधन गर्न सर्वोच्च अदालतले आइतबार पेसी राखेको छ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीलाई थुनामै राख्न आदेश दिएको थियो।

रवि र छविलाल हाल जिल्ला कारागार कार्यालय रूपन्देहीमा छन्। उनीहरूले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

तर उक्त रिटमाथि आदेश गर्दा सामान्य त्रुटि भएपछि सच्याउन आइतबार पेसी राखिएको सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए।

उनका अनुसार आदेशको शीर्षकमा न्यायाधीशहरूको नाम पछि ‘फैसला’ उल्लेख भएको हो।

त्यसमा आदेश हुनुपर्नेमा फैसला भएपछि त्यसलाई सच्याउन लागिएको हो।

सर्वोच्च अदालतले उच्च अदालत तुलसीपुरको बुटवल इजलासकै आदेशलाई सदर गर्दै उनलाई पुर्पक्षको लागि थुनामै राख्न आदेश दिएको हो।

चैत २२ गते बुटवल इजलासले रविलाई थुनामै राख्न आदेश दिएको थियो।

अब मुद्दाको किनारा नलाग्दासम्म रवि थुनामै बस्नुपर्ने भएको हो।

त्यसपछि अदालतले गरेको फैसला बमोजिम हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*