विद्यालय शिक्षा विधेयकमाथिको छलफलका लागि सात दिनको समय माग

ए वान डेस्क
१२ जेष्ठ २०८२, आईतवार १६:१९

विद्यालय शिक्षा विधेयकमाथिको छलफलका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले थप समय माग गरेको छ।

शिक्षा समितिको बैठकमा विधेयकमाथिको छलफलका क्रममा शिक्षामन्त्री रघुजी पन्तले एक साताको समय माग गरेका हुन्।

विधेयकमा रहेका विभिन्न विषयहरूमा सरकारको धारणा आउनुपर्ने समिति सदस्यहरूले माग गरेका थिए।

त्यसपछि शिक्षामन्त्री पन्तले नेपाल शिक्षक महासङ्घसँग छलफल चलिरहेको बताउँदै एक सातापछि सरकार तयारीका साथ आउने बताएका हुन् ।

मन्त्री पन्तको अनुरोधमा शिक्षा समिति सभापति अम्मरबहादुर थापाले एक सातापछिको बैठकमा विधेयकका विषयमा सरकारले आफ्नो आधिकारिक धारणा ल्याउन निर्देशन दिए।

अहिले समितिमा विधेयकका विषयमा एक खालको सहमति गरेर पछि महासङ्घसँग अर्को खालको छलफल भएमा समस्या हुने मन्त्री पन्तको भनाइ छ।

९ बुँदे कार्यान्वयनमा आफ्नो प्रमुख जोड रहेको बताउँदै मन्त्रीले त्यसका लागि महासङ्घसँग छलफल गरेर अघि बढ्ने बताए ।

मन्त्रिले समय माग गरेपछि शिक्षा समितिले एक साताको समय दिएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*