सप्तरीमा दलित तथा विपन्न किसानलाई कृषक एटीएम
सप्तरीको बलान बिहुल गाउँपालिकामा अति विपन्न तथा दलित समुदायका किसानलाई लक्षित गर्दै वितरण गरिएको ‘कृषक एटीएम कार्ड’बाट ७ सय ८० किसानले सेवा लिएका छन्।
गाउँपालिकाले राष्ट्रिय कृषक समूह संघ नेपाल र केयर नेपालसँगको सहकार्यमा २०८१ सालको जेठदेखि यो कार्यक्रम सुरु गरेको हो।
अनुदानस्वरूप प्रदान गरिएको एटीएम कार्डमार्फत किसानहरूले सहुलियत दरमा कृषि सामग्री खरिद गर्न पाएका छन्।
गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवका अनुसार हालसम्म ७ सय ८० जना किसानले यो कार्ड प्रयोग गरी सेवा लिइसकेका छन्।
‘कृषक एटीएम कार्ड’मार्फत किसानहरूले अधिकतम १४ हजार ५ सय रुपैयाँसम्मको कृषि सामग्री सहुलियतमा प्राप्त गरेका छन्।
























