कमला नदीमा बजेट नपरे अनशन बस्ने वडाध्यक्ष यादवको चेतावनी

ए वान डेस्क
१३ जेष्ठ २०८२, सोमबार १३:१४

सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजीत यादवले सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीमाथि स्थायी पुल निर्माणको माग गर्दै आगामी आर्थिक वर्षको बजेटमा यसलाई समावेश गर्न मधेश प्रदेश सरकारसँग आग्रह गरेका छन्।

वडाध्यक्ष यादवले पटक–पटक आग्रह गर्दा पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको गुनासो गरे ।
मागलाई अबको बजेटमा समावेश नगरेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि अनशन बस्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।

स्थानीयवासीका अनुसार स्थायी पुल नहुँदा सिरहा र धनुषाका सीमावर्ती बस्तीका हजारौं नागरिकलाई दैनिक आवागमनमा कठिनाइ हुँदै आएको छ।

विशेष गरी वर्षायाममा नदीमा पानीको बहाव बढ्दा आवतजावत नै बन्द हुने समस्या छ।

वडाध्यक्ष यादवले अब आश्वासनको होइन, काम देखाउने बेला आएको बताए।

उनले संघीय सरकारले कमला पुलको विषयलाई बेवास्ता गरिरहेको आरोपसमेत लगाए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*