भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण

ए वान डेस्क
१३ जेष्ठ २०८२, सोमबार १४:४८

भारतका १६ राज्यमा कोरोना संक्रमण देखा परेको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार ती राज्यहरूमा कोभिड-१९ बाट एक हजारभन्दा बढी सक्रिय कोरोना संक्रमित पुष्टि भइसकेको छ ।
मन्त्रालयका अनुसार भारतभरि कूल १ हजार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा बढी कोरोना संक्रमित केरल राज्यमा देखा परेका छन्, जहाँ ४०३ जना सक्रिय संक्रमित छन् । यसैगरी महाराष्ट्रमा ४३०, दिल्लीमा १०४, गुजरातमा ८३, तमिलनाडुमा ६९, कर्नाटकमा ४७ जना संक्रमित फेला परेका छन् ।

यसैगरी उत्तर प्रदेशमा १५, राजस्थानमा १३, पश्चिम बंगलामा १२, हरियाणामा र पुडुचेरीमा ९/९, आंध्रप्रदेशमा ४, मध्यप्रदेशमा २, तेलंगाना, गोवा र छत्तिसगढमा १/१ जना संक्रमित फेला परेको छन् ।

कोरोना संक्रमणको बढ्दो जोखिमको बारेमा कर्नाटकका स्वाथ्यमन्त्री दिनेश गुन्डु राव यसबारे धेरै चिन्ता लिनु नपर्ने बताउँछन् ।

तर, पनि संक्रमणबारे सतर्क रहनुपर्ने उनको भनाइ छ । कोरोना जोखिमबारे निगरानी बढाइएको र केही सावधानी पनि अपनाउने काम भएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*