राष्ट्रिय अनुसन्धानका पूर्वकर्मचारी पक्राउ

ए वान डेस्क
१९ असार २०८२, बिहीबार १५:०७

रौतहटको गौरबाट शसस्त्र प्रहरीले स्रोत नखुलेको दुई लाख ५० हजार रुपैयाँ नगदसहित राष्ट्रिय अनुसन्धानको पूर्वकर्मचारीलाई पक्राउ गरेको छ ।

राष्ट्रिय अनुसन्धान कार्यालयका पूर्वकर्मचारी जितेन्द्र राउतलाई गौर भन्सार कार्यालय अगाडीबाट स्रोत नखुलेको २ लाख ५० हजार रुपैंयासहित सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो ।

भारत बाट नेपालतर्फ बिआर ३० एल ६९४७ नम्बरको मोटरसाइकलमा आउँदै गरेका राउतलाई गौर भन्सार रोडमा खटिएका सशस्त्र प्रहरीले चेकजाँच गर्ने क्रममा सो रकम फेला परेको हो ।

टाउकोमा लगाएको हेलमेट भित्र लुकाएर रकम ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले राउतलाई पक्राउ गरेको सशस्त्र प्रहरी बलको नम्बर ११ गणले जनाएको छ ।

बरामद भएको नगद सहित राउतलाई आवश्यक कारबाहीका लागी भन्सार कार्यालय गौर पठाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*